+
+

‘दासढुंगा’ र ‘बधशाला’पछि अर्को फिल्ममा सहकार्य गर्दै सौगात मल्ल र मनोज पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १२:३७

काठमाडौं । फिल्म निर्देशक मनोज पण्डित र अभिनेता सौगात मल्लबीच तेस्रो प्रोजेक्टमा सहकार्य हुने भएको छ ।

एमाले नेता मदन भण्डारीको रहस्यमय ‘मृत्यु’को कथावस्तुमा बनेको ‘दासढुंगा’ र सेनाको भैरवनाथ गणमा माओवादी बन्दीलाई गरिएको हत्याबारेको कथावस्तुमा बनेको फिल्म ‘बधशाला’पछि अब बन्ने तेस्रो प्रोजेक्टमा सहकार्य निश्चित भएको हो ।

निर्देशक पण्डितले अभिनेता मल्ललाई आगामी फिल्मको मुख्य भूमिकामा लिइएको जानकारी दिए । बुधबार यी दुवैैबीच सहकार्यको सहमति जुटेको छ ।

रोचक कुरा के छ भने सामाजिक र राजनीतिक इस्युमा फिल्म बनाएर चर्चित निर्देशक पण्डित यसपटक मूलधारको फिल्म निर्माणमा फर्किएका छन् । ‘मैले बनाउन लागेको यो फिल्म कुनै इस्युमा होइन । संसारमै बढी रुचाउने जनरामा बन्नेछ,’ उनले अनलाइनखबरसँग भने ।

‘मैले सम्मान गर्ने र आफूलाई बहुचरित्रमा रुपान्तरण गर्न सक्ने क्षमता भएकाले सौगातलाई फिल्ममा लिएको हुँ,’ पण्डितले भने ।

छायांकनको तयारीमा रहेका सौगातका दुईवटा फिल्मपछि मनोजको यो फिल्मको छायांकन हुनेछ । निश्चल बस्नेत र सफल केसीले निर्देशन गर्ने दुई फिल्ममा सौगात व्यस्त हुँदैछन् । यी दुई फिल्मसँगै उनी पण्डितको फिल्ममा व्यस्त हुनेछन् ।

निर्देशक पण्डितले गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिबेलै उनले आफ्नो करिअरमा फिल्मको तेस्रो चरण सुरु भएको र नयाँ फिल्मको स्क्रिप्ट लेखन प्रारम्भ भएको जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?