
काठमाडौं । तपाईले दिनदहाडै घाँटीमा लगाएका सिक्री चोरहरुले थुतेर भागेको देख्नु तथा सुन्नु भएको छ होला । तर अब चेन स्न्याचिङ भनिने त्यस्तो सिक्री चोरीलाई माथ लिने आइफोन लुटपाटको घटना सार्वजनिक भएको छ ।
अमेरिकाको एक एप्पल स्टोर बाहिर एक व्यक्तिका १ सय २५ वटा आइफोन लुटिएका छन् । २७ वर्षका ती व्यक्तिले न्युयोर्क सिटीस्थित फिफ्थ एभेन्यूमा रहेको एप्पल स्टोरबाट ३ सयवटा आइफोन १३ एस खरिद गरेका थिए ।
२४ घण्टा खुल्ला हुने उक्त एप्पल स्टोरबाट आइफोन किनेर रातको पौने २ बजे उनी बाहिरिएका थिए । तर स्टोरबाट बाहिर निस्किने बित्तिकै लुटेराले उनका १ सय २५ वटा आइफोन लुटेर लगे जसको मूल्य ९५ हजार डलर अर्थात् करिब १ करोड २५ लाख पर्ने बताइएको छ ।
खरिद गरिएका ३ सय वटा आइफोनलाई एप्पल स्टोरका एक कर्मचारीले तीन वटा ठूल्ठूला झोलामा हालेर ती व्यक्तिको कारमा राखिदिएका थिए । तर त्यसको केही बेरमा केही लुटेरा आएर त्यहाँबाट आइफोन राखिएको एउटा झोला लिएर भागे । आइफोनको झोला लुट्ने क्रममा लुटेराले ती व्यक्तिको मुखमा एक मुक्का हानेका थिए ।
ती व्यक्तिले एप्पल स्टोरबाट आइफोन खरिद गरी खुद्रा पसलबाट बिक्री गर्ने व्यवसाय गर्दथे । दिउँसोको समयमा एकै पटकमा धेरै संख्यामा आइफोन खरिद गरेर लैजान असहज हुने भन्दै उनले मध्यरात पछिको समयमा एप्पल स्टोरमा पुगेका थिए ।
तर त्यसो गर्दा पनि उनी लुटेराको पञ्जाबाट उम्किन सकेनन् । उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको न्युयोर्क प्रहरीले जनाएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4