
१५ मंसिर, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांश ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १४ मंसिर बुधबार साँझ बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
९ अर्ब ५५ करोड ३९ लाख ९ हजार चुक्ता पूँजी रहेको बैंकले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4