+

के कारणले दिसामा रगत देखिन सक्छ ?

२०७९ मंसिर  १५ गते १४:१९ २०७९ मंसिर १५ गते १४:१९
के कारणले दिसामा रगत देखिन सक्छ ?

दिसाबाट रगत बग्ने समस्या भएका व्यक्ति पायल्सको उपचार गराउन भन्दै अस्पताल धाइरहेका हुन्छन् । खासगरी मलद्वारको समस्या पायल्स, फिस्टुला, फिसर भएमा दिसामा रगत बग्ने गर्छ । त्यस्तै कब्जियत र आन्द्रासम्बन्धी समस्या हुँदा पनि दिसामा रगत देखिन्छ ।

दिसासँगै रगत बग्ने मुख्य समस्या फिसरमा हुन्छ । फिसर हुँदा मलद्वार च्यातिएको हुन्छ । दिसा गर्दा गाह्रो भएमा वा बल परेमा मलद्वार च्यातिन्छ र फिसर हुन्छ । यस्तो स्थितिमा दिसामा रगत देखिन सक्छ ।

मलद्वार वा त्यसभित्रको नसा सुन्निनुलाई पायल्स भनिन्छ । बाहिरपट्टि सुन्निएको छ भने धेरै रगत बग्छ तर दुखाइ कम हुन्छ ।

फिस्टुला चाहिं धेरै किसिमको हुन्छ । दिसामा रगत बग्ने समस्या भनेको एनल फिस्टुला हो । यस्तो समस्या मलद्वारको नलीमा पिप जम्मा भएर हुन्छ । फिस्टुला हुँदा धेरै पीडा हुने, दिसामा परिवर्तन देखिने र रक्तश्राव हुन्छ । यसमा रगत मात्र भन्दा पनि मलद्वारको नजिक सानो नलीबाट पानी, पिप निस्कने गर्छ र संक्रमण भइरहने भय हुन्छ ।

अर्को भनेको कब्जियत हो, जतिबेला दिसामा रगत बग्ने गर्छ । भित्री पायल्सले पनि रक्तश्राव हुन्छ । कसैमा इन्फ्लाममेटोरी बाउल डिजिजले समेत दिसामा रगत देखिन्छ । यो भनेको आन्द्रामा हुने एक किसिमको समस्या हो ।

खासमा यो पाचनसम्बन्धी समस्या हो, जसले अरु धेरै किसिमको समस्या निम्त्याउने गर्छ । रगत जाने, राम्ररी दिसा नहुने समस्या हुन्छ । यसैगरी ठूलो आन्द्रामा मासु पलाउँदा पनि दिसामा रगत जान्छ ।

दिसामा रगत बग्ने कारणमध्ये एउटा हो, क्यान्सर पनि । यो बिरलै मात्रामा देखिने समस्या हो । क्यान्सर छ भने पनि दिसामा रगत देखिन्छ । यद्यपि मान्छेले दिसामा रगत देखिनासाथ पायल्सको उपचार गर्न थाल्छन् । पायल्सकै उपचार गराइरहँदा अरु समस्या जटिल भइसकेको हुनसक्छ ।

यस किसिमको समस्या हुनुमा हामीले घरबाहिरको खाने बानी हो, जुन स्वस्थ्यकर हुँदैन । तारेको एवं भुटेको, मसालेदार, मैदाजन्य खानेकुराले यस्तो समस्या ल्याउने गर्छ ।

सबै उमेरमा देखिन्छ यो समस्या

पहिला ४० वर्षदेखि माथिका व्यक्तिले पायल्सले धेरै तिाउने गथ्र्यो । अहिले भने मान्छेको जीवनशैली निकै अस्तव्यस्त छ, जसले गर्दा बालबच्चामा समेत पायल्स हुने जोखिम देखिएको छ ।

लक्षण उस्तै, रोग फरक

सबै मलद्वारमा हुने रोग भएकाले लक्षण उस्तै देखिन्छ । त्यसैले मानिसहरु झुक्किन्छन् । यस्तो समस्या भएमा सबैभन्दा पहिला विशेषज्ञ चिकित्सक ग्यास्ट्रोलोजिस्ट र यसबारे अभ्यास गरिरहेको जीआईलाई देखाउनुपर्छ ।

बिरामीले भोगेको कुरा र लक्षणको आधारमा यसमा सबैभन्दा पहिला हुने भनेको क्लिनिकल परीक्षण हो । यसले कुन रोगका कारण रगत बगिरहेको छ भन्ने कुरा पत्ता लाग्छ । त्यसबाट पनि पत्ता लागेन भने क्लोनोस्कोपी गराउनुपर्ने हुन्छ ।  मलद्वारबाट दूरबीन घुसाएर आन्द्राको अवस्था हेर्न क्लोनोस्कोपी गरिन्छ । यसबाट बाँकी कुरा पत्ता लाग्छ ।

बिरामीहरुले दिसामा रगत देखिने बित्तिकै पायल्स भयो भन्दै जचाउन आउँछन् । पायल्स भएको व्यक्तिलाई रगत जाने र मलद्वारमा मासु पलाउने हुनसक्छ तर दुख्दैन । मलद्वारबाट रगत बग्ने र दिसा गर्दा दुखाइ हुन्छ भने अन्य रोग छ कि भनेर हेरिन्छ । रगत सँगै सिंगान मिसिएको जस्तो चिप्लो पदार्थ दिसामा देखिएको छ, पेट कटकट दुखिरहेको छ भने ठूलो आन्द्राको समस्या हुनसक्छ ।

क्लिनिकल परीक्षण नगराई औषधि खाने प्रवृत्ति

धेरैजसो व्यक्तिमा औषधिले ठीक हुन्छ भन्दै परीक्षण नै नगराई जथाभावी फार्मेसीबाट औषधि लिएर खाने प्रवृत्ति छ । यसरी जथाभावी औषधि खाँदा समस्या झनै बढ्ने जोखिम हुन्छ ।

अधिकांश बिरामी परीक्षण नै नगराई औषधि खाएर केही समयमै ठीक हुने रोग पनि वर्षौं पालेर ढिला उपचार गर्न आउने क्रम बढिरहेको छ । यसले समय त बर्बाद भयो नै जथाभावी औषधिले थप जटिलता बढाइरहेको हुन्छ ।

सबैभन्दा राम्रो भनेको लक्षण देखिने बित्तिकै यससँग सम्बधित अभ्यास गरिरहेको जीआई सर्जनलाई देखाउने र आन्द्रासम्बन्धी समस्या छ भने मात्र ग्यास्ट्रोलोजिस्टलाई देखाउन आवश्यक हुन्छ ।

पाइल्स, फिसर, फिस्टुला सम्बन्धी जानकारी नभएका र विशेषज्ञ हासिल नगरेकाहरु यसको विज्ञ बताउँदै उपचार गरिरहने मात्र ९० प्रतिशत होलान् । उनीहरुले बिरामीलाई खानपान सम्बन्धी भ्रम छरेका छन् ।

कुन दाल, कुन तरकारी नखाने भन्दै घरमा पाइने ताजा र स्वच्छ खानेकुरा बार्ने लामो सूची दिने गरेका छन् । जसले गर्दा बिरामीलाई झन् पौष्टिक तत्वको कमी हुन्छ । सबैभन्दा बढी बार्नु पर्ने भनेको मैदाजन्य खानेकुरा, शरीरलाई चाहिने भन्दा बढी मासु र जंक फुड हो । तर घरमा पाइने पौष्टिक आहार सन्तुलित भोजनको रुपमा एउटा दैनिकी तालिका बनाएर खान सकिन्छ ।

घरमा बनेका खानेकुरा पनि बार्न थाल्यो भने बिरामीमा भिटामिन, खनिज जस्ता तत्वको कमी हुन्छ र शरीर कमजोर हुन पुग्छ । खानपिनको मात्रामा ध्यान दिने तर खान नै छाड्यो भने अर्को स्वास्थ्य समस्या निम्तिन सक्छ ।

त्यस्तै, कुनै औषधिले कब्जियत, पायल्स जस्ता रोग लाग्ने सम्भावना न्यून हुन्छ । तर कुनै औषधि कब्जियत गराउने खालका छन् भने डाक्टरले पहिला नै पानी बढी खानु होला भनेर भन्ने गर्छन् । केही बिरामी जस्तै मिर्गौला फेल, प्यारालाइसिस, क्यान्सर र बेडमा आराम गर्नुपर्नेलाई यो समस्या हुनसक्छ ।

समस्या हुन नदिन के गर्ने ?

घरमा पाइने खानेकुरा दाल, भात, माछा, मासु शरीरलाई चाहिने कुरा हुँदा यी कुरामा नबार्ने, सलाद अनिवार्य खाने, मासु खाएको दिन मासु कम र सलाद समावेश गरेर खानेकुरा खान सकिन्छ ।

पर्याप्त रुपमा पानी पिउने, सागपात र दैनिक फलफूललाई प्राथमिकता दिनुपर्छ । बाहिरी खानेकुरा सकेसम्म नखाने, मैदाबाट बनेका खानेकुराको मात्रा घटाउने, शारीरिक कसरत बढाउने गर्नुपर्छ ।

नेपालमा उपचार सहज तर जनचेतनाको कमी

प्रायः सबैमा लाग्ने यस्ता किसिमको रोगको पहिचान हुन नसक्दा उपचार हुन पाएको छैन । आधिकारिक रुपमा नखोलिएका संस्था र यस्ता रोगसम्बन्धी ज्ञान नभएकाहरुले पनि जथाभावी औषधि दिने गर्दा समस्या हुने गरेको छ । गोप्य अंग देखाउन लजाएर बस्ने, गोप्य रुपमै एउटा पसलबाट ल्याएर औषधि खाने गर्दा पीडा ज्यूँको त्यूँ रहन्छ ।

धेरैमा आयुर्वेद औषधिले ठीक हुन्छ भन्ने भ्रम छ । त्यहाँ आयुर्वेद डाक्टर छ छैन भन्ने कुरा जान्न जरुरी छ । पाइल्स, फिस्टुला, फिसर, कब्जियत अस्थायी रोग भएकाले विशेषज्ञ चिकित्सककहाँ गएर उपचार गरे छिटो निको हुन्छ ।

उपचारका लागि विशेषज्ञकहाँ जाँदा उपचार सहज हुन्छ । पाइल्स छ भने अस्पताल जाँदा शल्यक्रिया गरिदिन्छन् भनेर पनि धेरै जना जान मान्दैनन् । तर अहिले प्रविधिले धेरै सहज बनाइदिएको छ । पायल्सकोे उपचार विनाचिरफार पनि गरिन्छ । जुन नेपालमा पनि सहजै लाभ लिन सकिन्छ । फिसरको पनि औषधि र मल्हमले निको पार्न सकिन्छ । फिस्टुलाको सानो शल्यक्रिया गर्दा ठीक हुन्छ ।

(जनरल तथा ल्याप्रोसकोपिक सर्जन डा. शाहसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. प्रभाकर शाह दिसामा रगत
लेखक
डा. प्रभाकर शाह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?