
१५ मंसिर, काठमाडौं । स्याङ्जा २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । उनले बिहीबार दिउँसोसम्मको गणनामा ६ हजार ६२५ मत पाएका छन् ।
नेकपा एमालेकी उम्मेदवार पदमा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर १६९२ छ । यसअघि बिहीबार दिउँसो साढे १२ बजे सार्वजनिक मत परिणाममा धनराज १३०० मतान्तरले अघि थिए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार ८७५ मत पाएका छन् ।
४ मंसिरमा मतदान भएपछि नेकपा एमालेले धाँधली भएको भन्दै पुनः मतदानको माग गरेर निर्वाचन आयोगमा निवेदन दिएको थियो । आयोगले १२ दिनपछि बुधबार पुनः मतदान नगर्ने निर्णय गरेपछि बुधबार रातिदेखि नै मतगणना सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4