
१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।
त्यस क्रममा सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा लेखेका छन् । ‘ गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ उनले भने ।
यसअघि निधिले बुधबार पनि जनमत पार्टीका अध्यक्ष राउतसँग भेट गरेका थिए । यस पटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित भएका छन् भने समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ ।
अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सि के राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवा संग बालुवाटारमा भेंट गराएर फर्कदै छु। दुवै जनामा सकरात्मक र परिणाम मुलक वार्ता भएको छ।
गठबन्धन र काँग्रेस संग संघिय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र
सरकारमा शामेल हुने सहमति भएको छ। pic.twitter.com/7A5qi1maEB— Bimalendra Nidhi (@BimalendraNidhi) December 1, 2022
प्रतिक्रिया 4