+

विश्वकपमा स्टपेज टाइम धेरै हुँदा समर्थकलाई खुसी

२०७९ मंसिर  १५ गते १८:२३ २०७९ मंसिर १५ गते १८:२३
विश्वकपमा स्टपेज टाइम धेरै हुँदा समर्थकलाई खुसी

१५ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकपमा सबैभन्दा रमाइलो विषय बनेको छ थपिएको समय अर्थात (स्टपेज टाइम) । यसअघिका विश्वकपमा बीचमा खेल रोकिए ४–५ मिनेटमात्र थपिएको समय हेर्दै आएका दर्शकले जारी विश्वकपमा भने यो भन्दा बढी समय स्टपेज टाइम पाएका छन् ।

यस विश्वकपमा बुधबार भएको खेलमा १४ मिनेटसम्म समय थपिएको छ । जसका कारण एक हाफ खेलको समय ५९ मिनेटसम्म तन्किएको थियो ।

यो विश्वकपमा ५ खेलाडी परिवर्तनको नियमदेखि भिडियो रिभ्युमार्फत खेलमा समय थप गर्ने र खेल सकभर धेरै समय खेलाउने नीति आएको हो । यसले गर्दा समर्थक तथा विश्वकपका दर्शकले धेरै समय खेल हेर्ने सुविधा पाएका छन् । इटालीयन फिफा अफिसियल पियरलुइगी कोलिनले यस नियमले दर्शक निकै खुसी भएको बताए ।

इटालीयन अफिसियल कोलिनले भने, ‘१०० मिनेटभन्दा बढी समय खेल हेर्न पाउँदा दर्शन निकै खुसी छन् । दर्शक रंगशालामा खल हेरेर मनोञ्जन लिन आउँछन् । यो मनोरञ्जनात्मक कार्यक्रममा सामेल भएको जस्तो हो । जनि लामो गयो त्यति रमाइलो हुन्छ ।’

सामान्यतय फुटबलको एक खेलको समय ९० मिनेट हो । यसमा केही मिनेट इन्जुरी समय थप गरिन्थयो । तर यसपालिको विश्वकपमा गोल गर्ने टिमले सेलिब्रेसनमा लिएको समय जस्ता खेर गएका समयलाई पनि जोडर समय थप्ने गरिएको छ ।

कोलिनले भने, ‘कुनैपनि टिमले गोल सेलिब्रेसनमा समय लिन्छ जसले गर्दा विपक्षी टिमलाई खेल्ने समय कम हुन्छ । त्यसैले तयो समयमा जति समय लिइएको हुन्छ त्यो समय पनि थप गरेर जोडिन्छ ।’

सोमबारसम्म खेलिएका ६४ खेलमध्ये आधा खेलमा औसत समय थप गरिएको समयमा खेलाडी प्रतिस्थापनको दौरान लिइएको समय पनि जोडिने गरिएको छ । जसमा १० मिनेटसम्मको समय खेलमा जोडिने गरिएको छ । पाँच खेलाडी प्रतिस्थापन गर्दा समय धेरै लाग्ने भएकाले यो समयलाई पनि खेलमा जोड्ने गरिएको कोलिनले भने ।

थप गरिएको समय पनि निकै महत्वपूर्ण हुने गर्छ । जसमा इङ्ल्यान्डले इरानलाई ६–२ ले हराउँदा, इन्जुरी समय २७ मिनेट थपिएको थियो । प्रतियोगिताको सुरुमा भएको खेलमा केही विवाद र असमझदारी आए पनि पछिका खेलहरुमा भने थप समयले गर्दा समस्या नआएको उनले बताए ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय