
१५ मंसिर, काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको न्यूरोड क्षेत्रका कपडा गोदाममा छापा मारेको छ । थान तथा रेडिमेड कपडा भन्सार छलेर काठमाडौं भित्र्याइएको सूचनापछि ती गोदामहरुमा छापा मारिएको राजश्व अनुसन्धान विभाग स्रोतले बतायो ।
बिहीबार न्यूरोडको नितेश इम्पेक्सका तीन वटा गोदाममा सिल गरिएको र बाँकी अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ ।
‘अवैध रुपमा राजस्व छलेर कपडा भित्र्याइएको सूचना पछि छापा मारेको हो,’ विभाग स्रोतले भन्यो, ‘आज तीन वटा गोदाममा सिल गरेर केही मानिसलाई पक्राउ गरिएको छ । थप अनुसन्धान अघि बढाउँदै छौं ।’
काठमाडौं भित्र्याइएको अवैध कपडा यि गोदामबाट दशभरका खुद्रा दपसलहरुमा पुग्ने गरेको विभाग विभागको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4