
१५ मंसिर, वीरगञ्ज । बारामा एक व्यक्तिको हत्या गरेको अभियोगमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनी बाराको कोल्हवी नगरपालिका वडा नम्बर ११ रामपुर्वा टोलका हुन् । किशोरको उमेर अठार वर्ष नपुगेकोले प्रहरीले उनको परिचय खुलाएको छैन ।
प्रहरीका अनुसार मंसिर १३ गते मंगलबार राति ती बालकले गाँउकै ४६ वर्षीय परीक्षण चौधरीलाई चिर्पटले हानेर हत्या गरेका छन् । हत्यापछि शव स्थानीय सियाराम चौधरीको गोठ पछाडि खाल्डो खनेर गाडेका थिए ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा मंगलबार राति ती १६ वर्षिय किशोर स्थानीय राम पुकार चौधरीको खाजा नास्ता पसलबाट रक्सी सेवन गरि घर फर्कदै थिए । बाटोमा परिक्षण चौधरीले उनलाइ रोकेर अप्राकृतिक मैथुन गर्न खोजेका थिए । ती बालकले प्रतिकारका क्रममा सिसौंको चिर्पटले प्रहार गरेका थिए । चिर्पटले लागेर परिक्षणको घटनास्थलमै मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।
त्यसपछि ती बालकले परिक्षणको शव, स्थानीय सियाराम चौधरीको गोठ पछाडि लगेर खाल्डो खनेर गाडि दिएका थिए ।
प्रहरीले बुधबार परीक्षणको शव खाल्डो खनेर निकालेको छ । बुधबार नै ती बालकलाई पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीसँगको बयानका क्रममा ती किशोरले परीक्षणले आफूसँग अप्राकृतिक मैथुन गर्न खोज्दा सिसौंको चिपर्टले प्रहार गर्दा उनको मृत्यु भएको र घटना लुकाउन शव खाल्डो खनेर गाडेको स्वीकार गरिसकेको बोगटीले दाबी गरे ।
उनलाई न्यायिक प्रहरी नियन्त्रण कक्षमा राख्नका लागि बिहीबार बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।
प्रतिक्रिया 4