
विराटनगर इन्टरनेशनल कलेज, बिराटनगरको दीक्षान्त समारोह २०२२ सम्पन्न भएको छ । दीक्षान्त समारोहमा बिएस्सी -अनर्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन् । तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविश्यमा नयाँ कामको खोजी गर्न सक्नेछन् ।
दीक्षान्त समारोहले विद्यार्थीलाई गर्वको महसुस भएको छ । दीक्षान्त समारोहमा अभिभावकसंगै प्रमाणपत्र लिन आएका विद्यार्थीले यो समय आफुहरुको लागि अत्यन्तै महत्वपुर्ण र शैक्षिक उन्नयनको लागि मुख्य विषय भएको बताएका थिए । स्नातकतह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्रयाजुएट तहको लागि इनोभेट नेपाल गु्रपले छात्रवृतिको व्यवस्था गरेको छ ।
ती विद्यार्थीले हेराल्ड कलेज काठमाडौमा इन्टरनेशनल एमबिए अध्ययन गर्न पाउनेछन् । जुन आइएनजीले सञ्चालन गरेको छ । दीक्षान्त समारोहमा बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति – प्रो भाइस चान्सलर) टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल विराटनगर इन्टरनेशनल कलेजका पुरै टीमलाई धन्यवाद दिनुभयो । प्रो भाइस चन्सलर टिमले यो कलेजले विश्वविद्यालयको सपना पुरा भएको बताउदै भन्नुभयो- अब बिएस्सी -अनर्स) इन्टरनेशनल बिजनेश मेनेजमेन्ट डिग्री साथै इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट तहको कक्षा संचालन हुँदैछ ।
‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयले सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न मेरो सुझाव,’उनले भने ।
इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले सबै दीक्षित विद्यार्थीलाई बधाई दिंदै भने-कुनैपनि समस्या आउँदा नभाग्नुस्, नडराउनुस्, अनेकौं चुनौतीको सामना गर्न सिक्नुपर्छ । उहाँले कुनैपनि चुनौती आउँदा सामना गर्न सिक्न्ाुहोस, सामना गर्न सकेपछि बल्ल अवसर पाउन सक्नुहुनेछ ।’
प्रतिक्रिया 4