
फाइल तस्वीर
१६ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट )का कारण शुक्रबार समेत उडान प्रभावित भएका छन् ।
विमानस्थल कार्यालयले दिउँसो १० बजेबाट १ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म ‘नोटाम’ नोटिस जारी गरेको छ । यस अवधिमा एरोथाईको जहाजले उपकरणहरुको परीक्षण गर्दैछ ।
परीक्षणका दौरान नियमित उडान प्रभावित हुने भएको हो । वायुसेवा कम्पनीहरुले विमानस्थलमा परीक्षणका क्रममा हुने असरले उडानमा परेको असरबारे आफ्ना यात्रुलाई सूचित गराएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्न ल्याइएको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य आन्तरिक विमानस्थलमा समेत परीक्षण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4