
१६ मंसिर, काठमाडौं । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालसँग मतान्तर जोगाइरहेका छन् ।
गुरुङ २ हजार २३९ मतान्तरसहित अग्रस्थानमा छन् ।
गुरूङले १५ हजार ८०५ मत प्राप्त गर्दा अर्यालले १३ हजार ५६६ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ५ हजार ९९२ मत प्राप्त गरेका छन् ।
स्याङ्जा-२ मा ७० हजार १९१ मत खसेकोमा हालसम्म ३६ हजार ९७६ मतगणना सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4