
१७ मंसिर, काठमाडौं । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् । हाल जिरी नगरपालिकाको मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर केही घटाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार दिउँसो सार्वजनिक गरेको मत परिणाम अनुसार माओवादी केन्द्रका गंगा कार्कीले १० हजार ४७२ मत पाएका छन् भने नेकपा एमालेका शिवाकोटीले ९ हजार ३०५ मत पाएका छन् ।
हालसम्म गौरीशंकर गाउँपालिकाका ८ वटा वडा, कालिन्चोक गाउँपालिकाको सबै वडा र जिरी गाउँपालिकाको वडा नं ६, ७, ८ र ९ को मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4