
१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शनिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
भेटमा निर्वाचनको समीक्षाका साथै वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको उपसभापति खड्काको सचिवालयले जनाएको छ । त्यस्तै सत्ता गठबन्धनमा अरु दललाई पनि सहभागी गराउने विषयमा पनि कुराकानी भएको सचिवालयले जनाएको छ ।
यसअघि खड्काले गत बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्षसँग पनि भेटवार्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4