
१७ मंसिर, काठमाडौं । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित भएका छन् ।
शनिबार अपरान्ह सार्वजनिक मत परिणाम अनुसार शाहीले १० हजार ९७३ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार ६३२ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विश्वकर्माले १ हजार ९८ मत पाए । शाही एकीकृत समाजवादीको युवा संगठन युवा संघका अध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4