
काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ । यो दृश्यलाई फिल्मको ‘क्लाइमेक्स दृश्य’ भएको अनुमान गरिएको छ ।
मनाङमा छायांकन भैरहेको फिल्मको सेटबाट सुटिङ हेरिरहेका केही दर्शकले टिकटकमा यसलाई सार्वजनिक गरेका हुन् । अनमोल र अर्का अभिनेता रविन तामाङबीचको लडाइ र संवाद सार्वजनिक भिडियोमा समावेश छ ।
यो भिडियोमा कथावस्तु र चरित्रको पक्षमा धेरै पक्षको खुलासा गरेको छ । अनमोल नायक र रविन तामाङ खलपात्रको भूमिकामा हुन्छन् । यार्सागुम्बा टिप्न जाँदा ११ वर्षअघि खलपात्रले अनमोलको बुवालाई मारेको सन्दर्भ प्रस्तुत गरिएको छ ।
बुवालाई मारेपछि अनमोलले रविनसँग बदला लिन खोजेको देखिन्छ । भिडियोमा अनमोल तरवार लिएर जाइलागेको देखिन्छ । यसअघि पनि चितवनमा सुटिङ भैरहेको छड्के २ बाट नायक अनमोल जेलबाट बाहिरिँदै गर्दाको भिडियो सार्वजनिक भएको थियो ।
@anmolgurung931 #Anmol kc#bhatangali ♬ original sound – @anmol Gurung931
पछिल्लो समय टिकटकजस्ता सामाजिक संजालको कारण फिल्मको कथावस्तुको गोपनियता हराउन थालेको छ । ‘छक्कापञ्जा ४’, ‘नाइ नभन्नू ल ६’ सहितका फिल्मको छायांकनको भिडियो टिकटकमा सार्वजनिक भएका थिए ।
प्रतिक्रिया 4