
काठमाडौं । आनन अच्युतको कथासंग्रह ‘ढल्किएको आकाश’ विमोचन भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा साहित्यकार अच्युतको तेस्रो कृति विमोचन गरिएको हो ।
अष्ट्रेलियामा बसोबास गर्ने अच्युतको उक्त पुस्तकमा १४ वटा कथा संग्रहित छन् । कार्यक्रममा कथासंग्रहबारे वोधराज पौडेल र पुरूषोत्तम न्यौपानेले समीक्षात्मक टिप्पणी गरेका थिए ।
लेखक अच्युतका यसअघि ‘वसन्ती प्रेम’ र ‘झंझावात’ उपन्यास प्रकाशित छन् । ‘ढल्किएको आकाश’लाई बीएन पुस्तक संसारले बजारमा ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4