
१८ मंसिर, काठमाडौं । बिहीबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
नयाँ मूल्य वृद्धिसँगै सुनको मूल्य डेढ महिनामा तोलामा ७ हजार रुपैयाँले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५ सय, तेजावी सुनको मूल्य ९९ हजार र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छपावाल सुनको प्रतितोला मूल्य ९९ हजार एक सय, तेजावी सुनको मूल्य ९८ हजार ६ सय र चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4