+
+

भुजुङ होमस्टे र हनीहन्टिङ यात्रामा राजेश हमालसहित २०० जना सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १२:४९

काठमाडौं । स्पार्क एड्भेन्चर प्रालिले आयोजना गरेको कनेक्टिङ जर्नी अभियानमा राजेश हमाल सहित २ सय जना सहभागी हुने भएका छन् ।

लमजुङको भुजुङ होमस्टे र हनी हन्टिङ यात्राका लागि नायक राजेश हमाल, वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेल, क्याप्टेन विजय लामा, गायक रामकृष्ण ढकाल र नायक वीपिन कार्की सहितका विभिन्न पेशा, व्यवसाय र क्षेत्रका उच्च पदस्थहरुको सहभागीता निश्चित भएको आयोजक स्पार्क ग्रुप कम्पनीका निर्देशक रोशन घिमिरेले बताए ।

उनकाअनुसार पत्रकार किशोर नेपाल, नायिका नीता ढुंगाना, तेक्वान्दो खेलाडी दीपक बिष्ट पनि यात्रामा सहभागी हुनेछन् ।

‘विभिन्न पेशा र व्यवसायमा ख्याती कमाएका २ सय जना यो यात्रामा सहभागी हुने निश्चित भएको छ,’ घिमिरेले थपे, ‘विदेशी पर्यटकको प्रमुख रोजाइका गन्तब्यमा नेपालीहरुलाई पुर्‍याउने र नेपालको ग्रामीण अर्थतन्त्रलाई शहरसँग जोड्ने हाम्रो उद्येश्य हो । ’

२२ मंसिरदेखि सुरु हुने तीन दिनको यात्रा काठमाडौंबाट बेशीशहर हुँदै भुजुङ गाउँ र त्यहाँबाट हनीहन्टिङ जंगल पुगेर पुनः काठमाडौंसम्म फर्कने आयोजकले जनाएको छ । यात्राका क्रममा भुजुङ होमस्टेमा पहिलो दिन सहभागीहरुले एक रात बिताउने छन् ।

यस्तै दोस्रो दिन मह काट्ने कार्य (हनीहन्टिङ) को स्थलगतको अवलोकन र महखाने कामपछि सहभागी लमजुङ सदरमुकाम झर्ने र त्यहाँ आयोजित रामकृष्ण ढकाल साँझमा सहभागी हुनछेन् भने भोलिपल्ट २४ मंसिरमा काठमाडौं फर्कने कार्यक्रम तय भएको कम्पनीले जनाएको छ ।

भ्रमणका लागि नेपालबाट बाहिर मुलुक जाने प्रमियिम बजेटका नेपालीहरुलाई नेपाली गन्तव्यमै यात्रा गर्ने बानी पार्न यस्तो कार्यक्रम तय भएको कम्पनीले जनाएको छ ।

यस्तो भ्रमणले नेपालको ग्रामिण आर्थतन्त्रमा योगदान गर्ने घिमिरे बताउँछन् । यस पटक हनीहन्टिङ यात्रा गरे जस्तै आगामी दिनमा वाइल्ड लगायतका फरक फरक सेग्मेन्टमा पनि यात्रा गराइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?