
लुम्बिनी प्रदेशको राजधानी तोकिएको ठाउँ भालुबाङ ।
१८ मंसिर, बुटवल । नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका ४ जना प्रदेश सांसदहरुले अस्थायी संरचनामा प्रदेशको राजधानी नसार्न माग गरेका छन् ।
प्रदेश सांसदहरु लिला गिरी, भूमिशवर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अब केही दिनमा बन्ने प्रदेश सभा र प्रदेश सरकारको जिम्मेवारीमाथि काम चलाउ सरकारलाई हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।
प्रदेश सभाले व्यवस्थित गुरुयोजना र डीपीआर तयार गरी पूर्वाधार बनाएर राजधानी स्थापित गर्ने निर्णय गरेको भन्दै उनीहरुले त्यस विपरित कुनै संरचना नबनाई फेरि अस्थायी संरचनामा राजधानी नसार्न आग्रह गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4