+
+

मण्डला नाटकघरले बढायो टिकट शुल्क, मल्टिप्लेक्समा फिल्म हेर्नुभन्दा महँगो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १६:२१

काठमाडौं । नाटक हेर्न मण्डला पुग्ने दर्शकले अब फिल्म हलमा भन्दा महँगो टिकट मूल्य तिर्नुपर्ने भएको छ । मण्डलाले आइतबारदेखि लागु हुने गरी टिकटको मूल्यमा वृद्धि गरेको छ ।

नयाँ टिकट दर अनुसार शुक्रबार, शनिबार र आइतबार नाटक हेर्नेले ५०० रुपैयाँ तिर्नुपर्नेछ भने मंगलबार, बुधबार र विहीबारलाई ३०० रुपैयाँ तोकिएको छ । मण्डलाको यो नयाँ शुल्क मल्टिप्लेक्स फिल्म हलले सप्ताहन्त र विकडेजमा लिने टिकट शुल्कभन्दा बढी हो ।

बक्स अफिस सञ्चालनमा आएको प्राविधिक कठिनाइ र नाटक निर्माताको अनुरोधलाई मण्डलाले टिकट वृद्धि गर्नुपरेको कारणको रुपमा देखाएको छ । दर्शकलाई भार पर्ने गरी बढाइएको शुल्कलाई लिएर कतिपय दर्शकले असन्तुष्टि व्यक्त गरेका छन् ।

यसैबीच, मण्डला नाटकघरमा आइतबारदेखि दयाहाङ राई निर्देशित नाटक ‘कुभिण्डोको कथा’ नियमित मञ्चनमा आएको छ । आगामी पुस १७ गतेसम्म नाटक मञ्चन हुने मण्डलाले जनाएको छ । यो नाटक दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको समापनमा प्रिमियर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?