
स्वदेशको चिन्ता परी सुत्दा निद्रा लाउन्न
भोक प्यास हराएर खान मन लाउन्न
मन सधैं आत्तिरहन्छ हुन्छ छटपटी
मुटुभित्र आगोले झैं पोल्छ भत्भती
डाक्टरले थाहा पाउँछन् भनी के रोग लाग्यो
भोक, प्यास, निन्द्रा सबै किन मेरो भाग्यो ?
देशका लागि केही गर्छु भनी अघि सर्दा
साथ दिने कोही छैन मलाई आपत् पर्दा
आलसतालस हुन्छ मन कहिल्यै छैन थिर
किन मलाई पारिरहन्छ स्वदेशकै पीर ?
स्वदेशमै विकास भएको देख्न चाहन्छ मन
विकासभन्दा विनाश पो देख्नै पर्यो झन्
आफ्नै भाइ नेपाली पराईसँग लाई
खुट्टा तान्न तत्पर छ आफ्नै भाइलाई
देशका सबै सम्पदाको संरक्षण गरी
सबै एकजुट भएको देख्न पाइयोस् घरीघरी
नसरी अघि पछाडि सर्छ
पछाडि बसी खूब कुरा काट्छ
कसैले काम गर्न लागे
बखडा झिकी भड्काउन थाल्छ
ए हजुर, जेगरेनी छोडी जानै पर्छ
यो कविता मन्थन गर्दा किन आँसु झर्छ ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4