
१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएका छन् । खड्कालाई भेट्न राउत आइतबार दिउँसो उनको निवास गोल्फुटारमा पुगेका थिए ।
खड्काले ४ मंसिरको चुनावबाट राउत र उनको पार्टी विजयी भएकामा बधाई र शुभकामना दिएका खड्काको सचिवालयले जनाएको छ ।
भेटमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने बिषय र समसामयिक विषयमा विचार आदान प्रदान भएको खड्काको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4