
१८ मंसिर, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको सामाजिक विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले आईतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश गरी तीन वटै प्रदेशको नतिजा सार्वजनिक गरेको छ।
आयोगले गण्डकी प्रदेशका लागि ७६ जना सामाजिक विषय शिक्षकको रिक्त दरबन्दीका लागि विज्ञापन गरेको थियो । नतिजा अनुसार आयोगले सञ्चालन गरेको लिखित परीक्षाबाट १०२ जना अन्र्तवार्ताको लागि छनोट भएका छन् ।
लुम्बिनी प्रदेशको लागि ३७ रिक्त दरबन्दीको लागि लिएको लिखित परीक्षामा ५६ जना र सुदूरपश्चिम प्रदेशमा ४२ रिक्त दरबन्दीका लागि ६१ जना परीक्षार्थी अन्तर्वार्ताको लागि छनोट भएका छन् ।
आयोगको अनुसार उनीहरुको अन्तर्वार्ता मंसिर २० गतेदेखि पुष तीन गतेसम्म सम्बन्धित प्रदेशको शिक्षा विकास निर्देशनालयमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4