+

जिरुड बने फ्रान्सका सर्वाधिक गोलकर्ता

२०७९ मंसिर  १८ गते २१:५३ २०७९ मंसिर १८ गते २१:५३
जिरुड बने फ्रान्सका सर्वाधिक गोलकर्ता

१८ मंसिर, काठमाडौं । ओलिभर जिरुड फ्रान्सका लागि सर्वाधिक गोलकर्ता बनेका छन् ।

कतारमा भइरहेको फिफा विश्वकप फुटबल अन्तर्गत पोल्याण्ड विरुद्ध भइरहेको अन्तिम १६ को खेलमा गोल गर्दै जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाए । यसअघि थियरी हेनरीको नाममा सर्वाधिक ५१ गोलको कीर्तिमान थियो ।

समूहको पहिलो खेलमा अष्ट्रेलिया विरुद्ध जिरुडले उक्त कीर्तिमान बराबरी गरेका थिए ।

पोल्याण्ड्स विरुद्ध ४४औं मिनेटमा गोल गरेपछि जिरुडले कीर्तिमान बनाएका हुन् ।

जिरुडकै कीर्तिमानी गोलमा फ्रान्सले पहिलो हाफमा पोल्याण्ड विरुद्ध १-० को अग्रता लिएको छ ।

ओलिभर जिरुड फ्रान्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय