
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘ईभी नेपाल एक्सपो २०२२’ सम्पन्न भएको छ । एसडी एक्सपो मिडियाको आयोजनामा १६, १७ र १८ मंसिरसम्म सञ्चालन भएको एक्स्पोमा आईएमई इलेक्ट्रिक स्कुटरको स्टल ‘नम्बर १ स्टल’ घोषित भएको कम्पनीले जनाएको छ ।
आईएमई इलेक्ट्रिकले नेपाली बजारमा बिक्री–वितरण गरिरहेको राफ्ट इलेक्ट्रिक स्कुटरका ३ मोडल एक्सपोको अवसरमा डिस्प्ले गरिएका थिए । ती मध्ये एक नेपाली बजारमा सबैभन्दा बढी रेन्ज दिने राफ्ट इन्दस (सिंगल चार्जमा ३२० किलोमिटर) थियो भने अन्य मोडलमा राफ्ट वारियर र राफ्ट जिस्पा थिए ।
राफ्ट इन्दस १००० र २००० वाट मोटर गरी दुई मोडलमा उपलब्ध छ । १००० वाटको इन्दसले सिंगल चार्जमा ३२० किलोमिटर र २००० वाटको इन्दसले बढी पावर र ३०० किलोमिटर रेन्ज दिने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार स्कुटरमा किलेस स्टार्ट, थेफ्ट अलार्म, रिभर्स गियर, डिजिटल डिस्प्ले, इन्डिकेटर बजर, अटोमेटिक चार्जर कट–अफ, १० एम्पियर फास्ट चार्जिङ, पोर्टेबल ब्याट्री, ३ ड्राइभिङ मोड, फाएर प्रुफ ब्याट्री आदि फिचर छन् । त्यसैगरी रिमोट लकिङ र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका विशेषता समेत उपलब्ध छन् ।
एक्सपोको अवसरमा १ हजारभन्दा बढी अवलोकनकर्ता, ५०० सोधपुछ र ३ सय भन्दा बढी अवलोकनकर्ताले राफ्ट स्कुटरको टेस्ट राइड गरेको र ४३ वटा स्कुटर बुकिङ भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4