+
+

नेपालमा विदेशी लगानीको उद्योग संख्या साढे ५ हजार, धेरै लगानी गर्नेमा चीन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १७:३२
प्रतीकात्मक तस्वीर

१९ मंसिर, काठमाडौं । नेपालमा प्रत्यक्ष विदेशी लगानीको उद्योग प्रतिष्ठानको संख्या साढे ५ हजार नाघेको छ ।

उद्योगको पछिल्लो प्रतिवेदनअनुसार गत आर्थिक वर्ष (आव) को अन्त्यसम्म यस्तो प्रतिष्ठानको संख्या ५ हजार ५३३ पुगेका छ । यी उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी ४ खर्ब १९ अर्ब २० करोड रुपैयाँ पुगेको विभागले जनाएको छ । अहिलसम्म लगानी भित्रिएका औद्योगिक परियोजनामा २ लाख ९२ हजार १२० जनाका लागि रोजगारी सिर्जना गरेको छ ।

नेपालको औद्योगिक क्षेत्रमा धेरै लगानी गर्ने मुलुकमा चीन पहिलो स्थानमा छ । २ खर्ब १६ अर्ब ६० करोड रुपैयाँ प्रत्यक्ष वैदशिक लगानीमा चिनियाँ लगानीकर्ताले २ हजार १११ वटा परियोजना नेपालमा सञ्चालन गरेका छन् । यो परियोजनामा एक लाख एक हजार १२८ जनाले रोजगारी पाएका छन् । दोस्रो स्थानमा रहेको भारतीय लगानीकर्ताले १ खर्ब १ अर्ब लगानीमा ८१९ वटा परियोजना नेपालमा सञ्चालन गरेका छन् । यी परियोजनामा ७४ हजार ३०३ जनालाई रोजगारी सिर्जना भएको छ ।

विभागका अनुसार नेपाल तेस्रो धेरै प्रत्यक्ष वैदेशिक लगानीका परियोजना भित्र्याउने मुलुक अमेरिका छ । यस देशबाट १५ अर्ब ६० करोड रुपैयाँ लगानीमा ४३८ वटा उद्योग नेपालमा खुलेका छन् । यी औद्योगिक परियोजनाले १२ हजार ९४ जनालाई राजगारी सिर्जना गर्छ ।

यस्तै दक्षिण कोरियाबाट ३६२ परियोजनामा १२ खर्ब ८० करोड, ब्रिटिस भर्जिन आइसल्याण्डबाट १७ परियोजनाका लागि ११ अर्ब १० करोड, बेलायतबाट १९६ परियोजनामा ८ अर्ब रुपैयाँ लगानी हालसम्म भित्रिएको छ ।

यस्तै सिंगापुरबाट ५६ परियोजनाका लागि ७ अर्ब ५० करोड, दुबईबाट २४ परियोजनामा ३ अर्ब ८० करोड र क्यानडाबाट ५१ परियोजनामा ३ अर्ब ६० करोड लगानी भित्रिएको छ । नेपालमा धेरै विदेशी लगानी भित्र्याउन १०औं प्रमुख मुलुकमा जापान छ । यो मुलुकबाट गत आर्थिक वर्षको अन्त्यसम्म २७८ परियोजनामा ३ अर्ब ४० करोड रुपैयाँ लगानी नेपाल ल्याएको छ । यी बाहेक अन्य मुलुकबाट १ हजार १८१ परियोजनामा ३५ अर्ब ७० करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी भित्रिएको ओद्योग विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?