+

जिम धाउने महिला : सुडौल शरीरको चाह

२०७९ मंसिर  १९ गते १८:२६ २०७९ मंसिर १९ गते १८:२६
जिम धाउने महिला : सुडौल शरीरको चाह

अक्सर पुरुष सुगठिन ज्यान बनाउन जिम धाउँछन् । तर, महिला ?

 फिटनेस सेन्टरका प्रशिक्षक विक्रम बिष्ट भन्छन्, ‘महिलाहरु आफ्नो बढेको तौललाई नियन्त्रण गर्न, शरीरलाई आकर्षक र राम्रो आकार दिन, हिप्स  बढाउन, ब्रेस्ट टाइट गराउन र घरमा व्यायाम गर्ने वातावरण नहुँदा जिम सेन्टरमा कुनै अवरोध विना व्यायाम गर्न सकिने भएकाले महिला तथा किशोरीहरु आउने गर्छन् ।’

यति मात्र नभएर दैनिक जिम गर्दा हड्डी मक्किने, ढाड दुख्ने, महिनावारी गडबडी, रक्तचापमा कमी, ढाड तथा गर्दन दुखाइ र नसासम्बन्धी समस्या समाधानका लागि फाइदा पुग्ने उनी बताउँछन् ।

महिला फिटनेसका तरिका

फिजिकल एक्सरसाइज

जिम तथा फिटनेस सेन्टरमा महिलाहरु जम्प, म्याट एक्सरसाइज, सेटअप, पुसअप, वेट लिफ्टिङ आदि गर्न सक्छन्  । यस्ता अभ्यास पनि जिम सेन्टरमै गर्नु उपयुक्त हुने बिष्ट बताउँछन् । उनका अनुसार फिजिकल एक्सरसाइजले मांसपेशी बनाउन चाहनेका लागि उपयोगी हुन्छ । खासगरी युवापुस्ताका लागि उपयुक्त मानिन्छ । एकैपटक ज्यान बनाउँछु भन्दै कडा परिश्रम भने गर्न नहुने उनी बताउँछन् ।

कार्डियो ट्रेनिङ

कार्डियो ट्रेनिङ महिलाको लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ । उनीहरुको शारीरक अवस्था र उमेरलाई मध्यनजर गरेर कार्डियो अभ्यास गर्न सक्छन् । युवती र महिलाले कार्डियो एक्सरसाइज गरेमा फिट रहन र तौल घटाउन, शरीरमा अक्सिजनको मात्रा सजिलै पूर्ति गर्ने, फोक्सोको क्षमतालाई सहनशीलता, राम्रो मुटुको दर, मधुमेह र कोलेस्टेरोललाई रोक्न हृदयको गतिलाई कायम राख्न र अधिकांश अंगहरूको कार्यमा सुधार हुने बिष्टको भनाइ छ ।

स्ट्रेन्थ ट्रेनिङ

महिलाले जिममा गर्ने स्ट्रेन्थ ट्रेनिङ अभ्यास पनि एउटा पर्छ । शरीर निर्माणदेखि मांसपेशीको तन्तु, हड्डीको घनत्व र जोर्नीहरूमा पनि सकारात्मक प्रभाव पार्ने, रक्तचाप नियन्त्रण, मेटाबोलिक दर बढाउने काम गर्छ । यसको पनि शरीरको भाग अनुसारको फरक स्ट्रेन्थ ट्रेनिङ हुन्छ । शरीर सुडौल र आकर्षक बनाउन यो उपयोगी अभ्यास हो ।

नितम्बको आकार बढाउन

हरेक युवती राम्रो फिगर चाहन्छन् र जसमा नितम्बको यसमा विशेष भूमिका खेल्छ । धेरै महिलाहरू आफ्नो नितम्बको आकारलाई लिएर चिन्तित हुन्छन् ।

हिपको आकार बढाउन पनि विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ । बिष्टका अनुसार विभिन्न वर्कआउट जिममा उपलब्ध हुन्छन् । नितम्ब बनाउनका लागि स्क्वीजेस, ग्लुट ब्रिज, हिप थ्रस्ट स्क्वाट्स, बारबेल स्क्वैट, डम्बल लन्जेस, डेडलिफ्ट्स जस्ता व्यायाम गर्न सकिन्छ । नितम्ब बढाउने तरिकामा स्क्वाटको नाम पहिलो आउँछ । यस चालको नियमित अभ्यासले ग्लुटियल मांसपेशी (तीन मांसपेशीको समूह जसले नितम्ब बनाउँछ) लाई बलियो बनाउन सक्छ ।

यी व्यायाम प्रशिक्षकको निगरानीमा गर्नु राम्रो हुन्छ ।

स्तनको साइज बढाउन

ब्रेस्टको साइज बढाउन लागि महिलाहहरुले जिममा बेन्च प्रेस, पुस अप, बटरफ्लाई प्रेस, चियर डिप्स, आर्म सर्कल्स, डम्बबेल क्रस बडी पन्च, ल्याटरल प्लांक वाक गर्न सकिने बिष्ट बताउँछन् । त्यस्तै, पुशअप, प्ल्याङ्क, पुलअप र अन्य विशेष व्यायामले झेलिएको स्तनलाई कडा बनाउन मद्दत गर्छ ।

‘जब तपाईं छातीको व्यायाम गर्नुहुन्छ, स्तनमुनिको मांसपेशी कडा र बलियो हुन्छ । थोरै  विस्तार हुनसक्छ,’ बिष्ट भन्छन् ।

सेट एक्सरसाइज

फिटनेसका लागि महिलालालाई सेट एक्सरसाइज गराउन लगाइन्छ । यसमा प्रत्येक दिन शरीरका फरक-फरक अंग तथा मांसपेशीको अभ्यास गरिन्छ । यसको भूमिका भनेको प्रत्येक मांसपेशीलाई बलियो बनाउन, हड्डी र जोर्नी खिइने समस्याबाट राहत पाउन, सौन्दर्य बढाउन र शरीरको फिटनेस कायम गर्न यो अभ्यास गरिन्छ ।

व्यायाम छनोट गर्नुअघि ध्यान दिनुपर्ने कुरा

बिष्टका अनुसार कुनै पनि व्यायाम छनोट गर्नुअघि जिम आउनुको उद्देश्यमा बढी ध्यान केन्द्रित गर्नुपर्छ । यदि आफ्नो शरीरको स्ट्यामिना बढाउन चाहने हो भने पहिले कार्डियो गर्न उनी सुझाउँछन् ।

वजन घटाउन मात्रै फोकस हो भने अन्य अभ्यास गर्न सकिन्छ । जिम गर्नुअघि आफ्नो स्वास्थ्य अवस्थाबारे प्रशिक्षकलाई भन्ने, समस्या बताउने, कुनै पनि अभ्यास गर्दा विस्तारै गर्ने, व्यायाम गर्दै आराम गर्ने जस्ता कुरामा ध्यान दिनुपर्छ ।

जिमसँगै सन्तुलित आहार पनि

जिम गर्ने महिलाले आफ्नो खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ । ‘कस्तो अभ्यास भइरहेको छ सोही अनुसारको प्रशिक्षकको सल्लाहमा मात्रा मिलाएर खानेकुरा खानुपर्ने हुन्छ,’ बिष्ट भन्छन्, ‘शरीरको वजन घटाउन गरिने व्यायाममा क्यालोरी कम भएको खानेकुरा खान सल्लाह दिन्छौं भने वजन र मांसपेशी बढाउन प्रोटिन भएको खानेकुरा खान जोड दिन्छौं ।’

जिम महिला व्यायाम
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?