
१९ मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट बिलबिजकभन्दा बढी सामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट वीरगञ्जबाट खटिएको टोलीले ना. ४ ख ९४३५ नम्वरको ट्रक नियन्त्रणमा लिएको हो ।
बिल विजकमा उल्लेख गरिएको भन्दा बढी सामान बोकेको विशेष सुराकीको आधारमा वीरगञ्जबाट पथलैया तर्फ जाँदै गरेको ट्रक वीरगञ्ज–१४ पावरहाउस चोक बाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्टले जानकारी दिए ।
बरामद गरिएको ट्रक सहित सामानको मुल्य ३५ लाख र ट्रकको मुल्य २ लाख ८४ हजार ६ सय ६१ रुपैयाँ अनुमान गरिएको छ ।
सामानसहितको ट्रक र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैथा बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4