
१९ मंसिर, काठमाडौं । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्का लेखन तालिम आइतबारदेखि सुरु भएको छ।
ककनीमा धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक महिने थाङ्काा तालिम आयोजना गरिएको समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए ।
कार्यकारी निर्देशक दोङले भने‚‘धार्मिक पर्यटनलाई जोड दिनका खातिर ककनीमा यो तालिमको आयोजना गरेको हो ।तालिममा सहभागीले सीप र ज्ञान सिक्न पाउनेछ ।’ उनले यो अवसरलाई सही सदुपयोग गर्न अनुरोधसमेत गरेका छन् ।
विज्ञान प्रविधिको युगमा बौद्ध दर्शनसँग जोडिएको थाङ्काले व्यावसायिक रूपमा अघि बढ्न सहज हुने कार्यकारी निर्देशक दोङले बताए ।
यस्तै तालिमका प्रशिक्षक मोहन दोङले हामी तालिम अवधिभर थाङ्काको उत्पत्ति, लेखन विधि, शैली र मानव सभ्यताको बिकासक्रमसँग जोडिएको विषयवस्तुसँग केन्द्रित रहने बताए ।
‘थाङ्कामा बौद्ध दर्शनसँग जोडिएको इतिहास बोकेको हुन्छ । यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सके यसले आर्थिक उपार्जन गर्न सकिन्छ । यसबाट आम्दानीको राम्रो स्रोत बनाउन सकिन्छ ।’ उनले भने‚ ‘यो एक महिना तालिम उपलब्धी मूलक हुनेछ ।’
उनले थाङ्का लेखनबाट आर्जित आर्थिकले शिक्षामा लगानी गर्दा छोराछोरीको भविष्य उज्यालो बनाउन सहज भएको उदाहरण दिँदै यो सीपले जीविकोपार्जनमा सजिलो बनाउने बताए ।
तालिम अवधि मोहन दोङ, भुवनदास तामाङ, निपुण तामाङले थाङ्का प्रशिक्षण दिनेछन् भने ताप्लेजुङ, सोलुखुम्बु, धादिङ‚ नुवाकोट‚ रामेछाप लगायतका करिब डेढ दर्जनभन्दा बढीको सहभागीता रहेको छ।
प्रतिक्रिया 4