
१९ मंसिर, मस्को । पश्चिमी रुसको रियाजान शहर नजिकै रहेको एउटा एयरफिल्डमा सोमबार भएको विस्फोटमा तीन जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको रुसी समाचार एजेन्सी रिया नोवोस्तीले जनाएको छ ।
एउटा इन्धन ट्याङ्करमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
आपतकालीन सेवाका प्रवक्तालाई उद्धृत गर्दै घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
अहिलेसम्म यी विष्फोटको कारण खुल्न सकेको छैन । दुवै क्षेत्र युक्रेनको सिमानाबाट सयौं किलोमिटर टाढा रहेको बीबीसीले उल्लेख गरेको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यी दुवै घटनाबारे जानकारी गराइएको बताए ।
सुरक्षा निकायले विस्फोटको कारण पत्ता लगाउन प्रयास गरिरहेको सेराटोभका क्षेत्रीय गभर्नरले बताएका छन् ।
स्याटेलाइटबाट खिचिएको तस्विरमा लडाकु विमान एङ्गल्स एयरबेसमा उभिएको देख्न सकिन्छ । अन्य तस्विरहरूले यो एयरबेसमा सैन्य विमानहरूको संख्यामा केही वृद्धि भएको देखाउँछ।
युक्रेनले यसबारे कुनै आधिकारिक टिप्पणी गरिनसकेको समाचार संस्थाहरूले जनाएका छन् ।
प्रतिक्रिया 4