
काठमाडौं । ‘प्रेमगीत २’का निर्देशक रामशरण पाठकको नयाँ फिल्म ‘सारथी’को सिक्किममा छायांकन सकिएको छ । मंगलबार फिल्मको इण्ड क्ल्याप कार्यक्रममा निर्देशक र कलाकारलाई सिक्किम फिल्म प्रवर्द्धन बोर्डले सम्मान समेत गरेको छ ।
व्यावसायिक हिट फिल्म ‘प्रेमगीत’को दोस्रो श्रृंखला र ‘सयकडा दश’ निर्देशक पाठकको यो नयाँ फिल्मले पनि युवालाई नसामुक्त बनाउनेतर्फ सकारात्मक सन्देश दिन्छ ।
रोशनी शर्मा र जेरेमी राईको प्रमुख अभिनय रहेको फिल्म निर्माणमा नेपालको दर्शन प्रोडक्सन र सिक्किमको रेन प्रोडक्सन सहकार्य छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नसामुक्त भारत अभियानमा सघाउँदै आएको सारथी नेपालले पनि फिल्ममा सहकार्य गरेको छ ।
यो फिल्मलाई चाँडै नेपाल र भारतमा रिलिज गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4