
२० मंसिर, विराटनगर । सुनसरीको धरानमा एक महिलाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न भएको अरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान–१३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बा छन् ।
उर्मिलाले स्थानीय जनजागृती आमा समूहका सदस्यलाई बोलाएर कुटपिट गर्दा उषा गम्भिर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको थियो ।
उषाको परिवारले हत्यामा संलग्न स्थानीय सिर्जना राई, निरकुमारी गुरुङ, मिना राई लगायतका नाममा किटानी जाहेरी दिए पनि प्रहरीले उनीहरुलाई भने पक्राउ गर्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले फरार रहेकाहरुको खोजी भइरहेको बताए ।
प्रतिक्रिया 4