+
+

दासढुंगा काण्डको छानविन संयोजक बनेका पूर्वन्यायाधीश अनिलको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते ७:०५

२१ मंसिर, काठमाडौं । पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उनको निधन भएको हो । ९२ वर्षीय अनिल मधुमेह, रक्तचाप र मुटुका बिरामी थिए ।

जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका अनिल विभिन्न तह हुँदै सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका थिए ।

उनी बहुचर्चित दासढुंगा हत्याकाण्डको छानविन गर्न बनेको जाँचबुझ आयोगको संयोजक थिए । तत्कालिन सरकारले न्यायाधीशबाट अवकाश भइसकेका अनिलको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको दासढुंगा भन्ने स्थानमा जिप दुर्घटना हुँदा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?