नेपालगञ्ज मंसिर २१ । नेपाली सेनाको नेपालगञ्जस्थित बज्रदल गणले नेपाली सेनाका छोरा छोरीहरुले पढ्ने बाँके र बर्दियाका विद्यालयहरुकाबीचमा पहिलो पल्ट फुटबल प्रतियोगिता गरेको छ ।
नेपाली सेना र सेनाका छोरा छोरीहरुले अध्ययन गर्ने विद्यालयकाबीचको सम्बन्धलाई प्रभावकारी बनाउन आयोजना गरिएको फुटबल प्रतियोगितामा बाँके र बर्दियाका १६ वटा विद्यालय सहभागी थिए ।
नेपाली सेनाको आफ्नै विद्यालय नभएका क्षेत्रमा सामुदायिक र संस्थागत विद्यालयहरु छनौट गरी सेनाका छोरा छोरीलाई छात्रवृत्ति उपलब्ध गराएर पठन पाठन को व्यवस्था मिलाउँदै आएको छ ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि अरनिको स्कुलले जितेको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता अरनिको स्कुलका दिप्स सुनार, उत्कृष्ट खेलाडि प्रेम योगी, उत्कृष्ट किपर बिप्लब चन्द भएका थिए भने अनुशासित टीमको पुरस्कार शुभकामना टीमले पाएको थियो ।
प्रतियोगिताका विजयी टिम र खेलाडिलाई नेपाली सेनाको नं. ४ काहिनीका बाहिनीसहायक रथी उत्तम बिष्ट, बज्रदलका गणपति श्याम आत्रेय पौडेल, प्रतियोगिताका संयोजक किसन गुरुङ, एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका छन् ।
प्रतिक्रिया 4