+
+

भन्सार सुरक्षा गस्ती बढाउन केन्द्रीय अनुगमन समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १३:०८
फाइल तस्वीर

 

२१ मंसिर, काठमाडौं । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले भन्सार सुरक्षा गस्ती बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा १३ मंसिरमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले मालवस्तुको चोरी पैठारी नियन्त्रणमा खटिएका निकायलाई सुरक्षा गस्ती बढाउन निर्देशन दिएको हो । यस्तो निर्देशन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको छ ।

समितिले केही मालवस्तुको औपचारिक आयातको विवरण र बजारमा उपलब्ध सामानको उपलब्धताका बीच तालमेल नभएको भन्दै आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागलाई बजार अनुगमन बढाउन समेत निर्देशन दिएको छ ।

समितिले केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिबाट भएका निर्णय कार्यान्वयन गर्न र सो को प्रगति विवरण कार्यालयमा पठाउन समेत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?