
काठमाडौं । गिनिज बुकमा नाम लेखाउने अनेक काइदा हुन्छन् । संसारकै सबैभन्दा लामो दाह्री बनाएर कीर्तिमान कायम गरेको त सुनिएकै हो । यो पटक चाहिं सबैभन्दा लामो दाह्रीको साङ्लो तयार पारी विश्व रेकर्ड कायम भएको छ ।
अमेरिकाको योमिङमा गत शुक्रबार केही दाह्रीवाल युवाहरुले एक आपसमा दाह्रीमा गाँठो पारेर डेढ सय फिट लामो साङ्लो तयार पारी विश्व कीर्तिमान कायम गरेका छन् ।
स्थानीय ग्यासलाइट सोसलमा जम्मा भएका सहभागीहरु छेउछेउमा लाइनमा उभिएर आफ्नो दाह्रीलाई एक अर्कासँग बाँधेका थिए । सहभागीहरु हरेकको दाह्री कम्तिमा पनि ८ इन्च लामो थियो ।
फोर्ड योमिङ सेन्टरमा शनिबार आयोजित राष्ट्रिय दाह्रीजुँगा च्याम्पियनसीपको पूर्वसन्ध्यामा उक्त दाह्री साङ्लो बनाउने कीर्तिमानी कार्य भएको थियो ।
यसअघि यस्तै कीर्तिमान सन् २००७ मा जर्मनीमा कायम भएको थियो । त्यतिबेला जर्मनीमा ६२ फिट ६ इन्चको दाह्री साङ्लो बनेको थियो ।
–एजेन्सी
प्रतिक्रिया 4