
२१ मंसिर, काठमाडौं । हेजिङ सुवधिा प्रदान गर्ने संस्थाको रूपमा काम गर्न चाहने बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पेश गर्न सरकारले आह्वान गरेको छ ।
बुधबार अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकले आफ्नो व्यावसायिक योजना सहित मन्त्रालयमा प्रस्ताव पेस गर्न भनेको छ ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयन महाशाखामा प्रस्ताव पेश गर्नुपर्ने उल्लेख छ । हेजिङसम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धित प्रस्तावकको कार्यक्षमता समेतको आधारमा मूल्यांकन गरी मन्त्रालयले कुनै बैंकलाई हेजिङ गर्ने संस्थाको रूपमा तोक्ने व्यवस्था रहेकोले सोही अनुसार हुने सूचनामा उल्लेख छ ।
‘हेजिङ नियमावली, २०७९ को नियम ६ मा हेजिङ सुविधा प्रदान गर्ने संस्थाको रूपमा काम गर्न चाहने प्रचलित कानुन बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकले आफ्नो व्यावसायिक योजनासहित मन्त्रालयमा प्रस्ताव पेस गर्नुपर्ने व्यवस्थ रहेको छ,’ मन्त्रालयको सूचनामा भनिएको छ ।
साथै नियमावली, सोही नियममा प्रस्ताव साथ पेस भएको हेजिङसम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धित प्रस्तावकको कार्यक्षमता समेतको आधारमा मूल्यांकन गरी मन्त्रालयले कुनै बैंकलाई हेजिङ गर्ने संस्थाको रूपमा तोक्न सक्ने भएकोले योजना पेश गर्न आह्वान गरीएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया 4