
काठमाडौं । प्रतिष्ठित फोर्ब्स म्यागजिनले सन् २०२२ मा संसारका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लिएन रोज छिन् ।
यति मात्र होइन, सूचीको ३४ औं स्थानमा गायिका रिहाना, ४१ मा गायिका बियोन्से, ७९ स्थानमा टेलर स्वीफ्ट र ४६ नम्बरमा हलिउड अभिनेत्री रिज विदरस्पुन अटाएका छन् ।
टेलिभिजन पर्सनालिटी ओफ्रा विन्फ्रे पनि सूचीमा छिन् । फोर्ब्सले ब्राण्ड भ्यालु, उनीहरुको कमाइ, बक्स अफिस नतिजा, सामाजिक सञ्जालको प्रभाव लगायतका सूचक हेरेर शक्तिशाली सेलिब्रिटी महिला तय गरेको हो ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला किन चर्चामा छिन् भने रुसविरुद्ध तीनवटा क्षेत्रमा प्रतिबन्ध लगाउने घोषणा गरेकी थिइन् । उनको यो घोषणालगत्तै रुसले युक्रेनमाथि हमला गरेको थियो ।
मनोरञ्जन क्षेत्रको कुरा गर्दा रिहाना गायकीसँगै आफ्नो कस्मेटिक ब्राण्डको कारण पनि चर्चामा छिन् । गायिका टेलर स्वीफ्टले त यसपटकको ग्रामीसहित बिलबोर्ड चार्टबक्समा कीर्तिमान रचिन् ।
ओफ्राले त बेलायती राजकुमारी प्रिन्स ह्यारी र पत्नी मेगनको अन्तर्वार्ता लिएर बेलायती दरबारलाई विवादमा तानेकी थिइन् ।
प्रतिक्रिया 4