+
+

मेखलाल बने आईएमई अफरको बम्पर विजेता, पाए १० लाख रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १८:१६

काठमाडौं । आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वका अवसरमा सञ्चालन गरेको योजनाका बम्पर विजेता मेखलाल तामाङ बनेका छन् ।

बुधबार सार्वजनिक अन्तिम नतिजा अनुसार बम्पर विजेता बन्दै तामाङले १० लाख रुपैयाँ उपहार स्वरुप पाएका हुन् । नेपालमा रहेका आफन्तलाई तामाङले मलेसियाबाट आईएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका थिए ।

काठमाडौंको पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आईएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयूक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले आईएमईले समय समयमा ल्याउँदै आएको सेवाग्राहीमुखी अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

आईएमईका ब्राण्ड एम्बासडर एवम् वरिष्ठ कलाकार दीपकराज गिरीले नेपालका खासखास अप्ठ्याराहरूमा रेमिट्यान्सले अर्थतन्त्र चलायमान गराएको बताए ।

ग्रुपका प्रवक्ता राजु पौडेलले बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स आप्रवाह बढाउन यस्ता अफर अत्यन्तै प्रभावकारी रहेको बताए ।

कम्पनीले ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थिममा आधारित योजना गत १६ भाद्रदेखि १६ कात्तिकसम्म सञ्चालन गरेको थियो ।

कम्पनीका अनुसार विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई २५ हजार रुपैयाँका दरले उपहार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?