
२२ मंसिर, धनगढी । कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । जोशीपुर गाउँपालिका ६ का ढुङ्गाना आफैं इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।
ढुङ्गानाले मंगलबार जोशीपुर गाउँपालिका ६ कुमारीबागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । भण्डारी र ढुङ्गानाबीच साला–भिनाजुको नाता पर्दछ ।
उनको हँसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4