
काठमाडौं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा दुई बैंक बीच अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
२० भदौमा नेपाल राष्ट्र बैंकले २०७९ सैद्धान्तिक सहमति पाएका दुई बैकले २१ मंसिरमा प्राप्ति सम्बन्धी अन्तिम सहमतिमा हस्ताक्षर गरेका हुन् ।
२०७९ पुस मसान्त भित्र संयुक्त कारोबार गरिसक्ने लक्ष्य लिएको बैंकले जनाएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेश सिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका तर्फबाट संयुक्त एक्विजिसन समितिक सदस्य मनबहादुर राईले हस्ताक्षर गरे ।
प्रभु बैंकले सञ्चुरी बैंकलाई १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्ने सम्झौता गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4