+

विश्वकपबाट बाहिरिएपछि स्पेनिस प्रशिक्षक बर्खास्त

२०७९ मंसिर  २२ गते १८:०१ २०७९ मंसिर २२ गते १८:०१
विश्वकपबाट बाहिरिएपछि स्पेनिस प्रशिक्षक बर्खास्त

२२ मंसिर, काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन् ।

विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित हुँदै प्रिक्वाटर फाइनलबाटै बारिएपछि स्पेनिस फुटबल संघले एनरिकलाई बर्खास्त गरेको हो । संघले निकालेको बिज्ञप्तिमा भनेको छ, ‘लुइस एनरिक र उनको प्रशिक्षण टिमलाई हामी धन्यवाद भन्छौं ।’

सन् २०१८ देखि स्पेनिस टोलीको नेतृत्व गरिरहेका ५२ वर्षका उनले २०२० को युरो कपमा टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

स्पेनिस फुटबल संघले अब नयाँ प्रशिक्षक ल्याएर नयाँ योजना थाल्ने बताए पनि समय तोकेको छैन ।

फिफा विश्वकप लुइस एनरिक स्पेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय