
२२ मंसिर, काठमाडौं । जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ ।
बिहीबार बसेको उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो ।
प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।
जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो ।
टुंग्याएको नामलाई अब निर्वाचन आयोगमा पठाइने छ। आयोगले समानुपातिक सिद्दान्त अनुसार मिले, नमिलेको जाँच गर्ने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4