
२३ मंसिर, काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार एकै दिन तोलामा ६०० रुपैयाँले बढ्दा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो । आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ ।
आज छापवाल सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९९ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावल सुन प्रतितोला ९९ हजार ७००, तेजावी सुनको मूल्य ९९ हजार २०० र चाँदीका मूल्य १३ सय ६० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4