
काठमाडौं । ज्याकी च्यानका विश्वभरका फ्यानलाई खुसीको खबर छ । यी चर्चित अभिनेताको फिल्म पुनरागमन पक्का भएको छ । ‘रश आवर’को चौथो श्रृंखलामार्फत उनी अभिनयमा फर्कने भएका छन् ।
बिहीबार रेड सी फिल्म फेस्टिभलमा उपस्थित भएका यी अभिनेताले फ्यानहरुलाई आफू ‘रश आवर’को चौथो सिक्वेलका लागि काम गरिरहेको जानकारी दिए । ‘हामी अहिले चौथो भागको बारेमा कुरा गरिरहेका छौं,’ महोत्सवको भीडलाई उनले भने, ‘आज साँझ निर्देशकसँग स्क्रिप्टको विषयमा छलफल गर्न लागेको छु ।’
उनले फिल्म निर्देशकको नाम भने खुलाएनन् तर अमेरिकी फिल्म निर्माता ब्रेट रेटनरले अघिल्ला तीन संस्करण निर्देशन गरेका थिए ।
रेटनरले सन् २०१४ देखि कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । फिल्म निर्देशन गरेका छैनन् । नोभेम्बर २०१७ मा अभिनेत्री ओलिभिया मुन र नताशा हेन्स्ट्रिजसहित सात महिलाले फिल्म निर्मातालाई यौन उत्पीडन र दुर्व्यवहारको आरोप लगाए, जसको कारण वार्नर ब्रदर्सले निर्माता–निर्देशकसँग सबै सम्बन्ध तोडेका थिए ।
च्यानले कमेडियन र अभिनेता क्रिस टकरसँग सन् १९९८ र २००७ को बीचमा तीन रश आवर फिल्ममा अभिनय गरे । यो फिल्मको फ्रेन्चाइजले हङकङका जासूस निरीक्षकलाई पछ्याउँछ, जसले अन्तर्राष्ट्रिय अपराधका घटना समाधान गर्न ठूलो आवाजमा एलपएड अधिकृतसँग सम्बन्ध बनाउँछ ।
‘रश आवर’ले विश्वव्यापी २४४ मिलियन डलर कमाएको थियो । जसले हङकङमा जन्मेका चानलाई अंग्रेजी भाषाको एक्सन स्टारको रूपमा स्थापित गरेको थियो ।
यद्यपि, च्यानले भने फिल्मले बक्स अफिसमा उधुम व्यापार गर्ने आशा राखेका थिए । साथै हलिउड छाड्ने योजना समेत सार्वजनिक गरेका थिए । ‘मैले हलिउड जान धेरै पटक प्रयास गरें, तर त्यसपछि मैले नजाने निधो गरें, किनभने मेरो अंग्रेजी राम्रो छैन, त्यो मेरो संस्कृति होइन । उनीहरुलाई यस्तो कार्य मन पर्दैन ।’
च्यानले दर्शकलाई सन् २०२२ मा आफ्नो फिल्म करिअर ६० वर्ष पूरा भएको पनि बताए । यद्यपि, एक एक्सन स्टारको रूपमा आफ्नो लामो र सफल करिअरको बाबजुद च्यानले महोत्सवको भीडलाई भने, ‘म कम एक्सन स्टोरी र धेरै प्रेम कथा बनाउने योजनामा छु ।’
प्रतिक्रिया 4