
काठमाडौं । नेपालमा लोकप्रिय कुर्सी उत्पादन गर्दै आएको भी–वोनले बिक्रेता भेटघाट कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको सोल्टी होटलमा कम्पनीले ‘भी–वोन यूमी एन्ड द वेभ–२०२२’ कार्यक्रम आयोजना गरेको हो ।
विगत ४ वर्षदेखि नेपाली वजारमा अफिस तथा घरका लागि भि–वोनका कुर्सीहरु लोकप्रिय बन्दै गएको उत्पादक कम्पनीले दावी गरेको छ ।
कम्पनीले २०२३ का लागि नयाँ आकर्षक तथा इर्गोनोमिक्स (कुर्सीमा बस्दा शरिरको भार अनुरुप संयोजन गर्ने तरीका) कुर्सीहरु केही दिनमै भि–वोन विक्री स्थलमा उपलव्ध हुने कम्पनीले बताएको छ ।
बिक्रेता भेटघाट कार्यक्रम मोन्टेश्वरी कुर्सी (बेबी चेयर) को पनि प्रदर्शन गरिएको थियो । मोन्टेश्वरी कुर्सीले सवैको ध्यान आकर्षित गरेको कम्पनीको भनाइ छ । भि–वोन को मोन्टेश्वरी कुर्सी आकर्षक र बलियो रहको कम्पनीले बताएको छ । केडिया समूहले देशभर भी–वोन कुर्सी बिक्री वितरण गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4