+
+

फोहोरबाट मल बनाउन सहुलियतमा ‘कम्पोष्ट बिन’ उपलब्ध गराउँदै महानगर 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १३:४६

२३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबाट निस्कने कुहिने फोहोरबाट मल बनाउनका लागि आवश्यक पर्ने ‘कम्पोष्ट बिन’ सहुलियतमा दिने भएको छ ।

शुक्रबार महानगरको वातावरण तथा कृषि शाखाले एक सूचना जारी गर्दै फोहोरलाई स्रोतमै वर्गीकरण गरेर मल बनाउनका लागि बिन सहुलियतमा उपलब्ध गराउन लागेको हो । महानगरका अनुसार महानगरवासीलाई कम्पोष्ट बिन १ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने छ ।

काठमाडौं महानगरपालिकाले १ साउनदेखि स्रोतमै फोहोरको वर्गीकरण गर्ने भनेर सूचना निकाले पनि सफल भने भएको थिएन । महानगर आफैंले प्राङ्गरिक मल उद्योग खोल्ने योजना बनाएता पनि स्थान अभाव भएकोले कार्यान्वयन गर्न नसकेको बताउँदै आएको छ ।

यस अघि भक्तपुर नगरपालिकाले पनि आफ्नो पालिकामा कम्पोष्ट बिन सहुलियतमा उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?