
२४ मंसिर, नेपालगञ्ज । आठौं नेपालगञ्ज म्याराथनमा आर्मीका खेलाडीहरूल वर्चश्व कायम गरेकोका छन् ।
म्याराथनको उपाधि आर्मीका खडकबहादुर खड्काले जितेका छन् । उनले २ घण्टा २० मिनेट २८ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका हुन् ।
आर्मीकै नरेन्द्र सिंह रावत र मोहनदेव जोशी क्रमश: दोस्रो र तेस्रो भए । रावतले २ घण्टा २२ मिनेट २९ सेकेण्ड र जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेका हुन् ।
हाफ म्याराथनतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ प्रथम भएकी छिन् । उनले एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा दूरी पार गरिन् ।
भारतको देहरादुनकी अन्जली चौहान दोस्रो भइन् भने बागमतीकै अन्जु खड्का तेस्रो भइन् । चौहानले एक घण्टा २५ मिनेट १५ सेकेण्डमा दूरी पार गर्दा खड्का ले एक घण्टा ३६ मिनेट ४५ सेकेण्ड लगाइन् ।
१० किलोमिटर पुरुषमा त्रिभुवन आर्मी क्लबकै मुकेश पाल र महिलातर्फ नेपाल प्रहरीकी राजपूरा पछाइले उपाधि जितिन् ।
यसपटक आयोजकले प्रतियोगिताको पुरस्कार राशि बढाएको थियो । जसअनुसार म्याराथनको विजेताले एक लाख ५० हजार, उपविजेताले ६० हजार, तेस्रो हुनेले ३० हजार र चौथो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाए भने पाँचौंदेखि आठौंस्थानमा आउनेले क्रमसः १०, ८, ७ र ६ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
महिला हाफ म्याराथनतर्फ विजेताले ६० हजार, उपविजेताले ३० हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । पाँचौंदेखि आठौं स्थानसम्म आउनेले क्रमसः ८ हजार, ७ हजार, ६ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए ।
पुरुष १० किमी खुलातर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया 4