+
+

ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ अभियान २६ मंसिरदेखि

भौचर, मेगा डिल, निःशुल्क सिपिङ तथा अन्य धेरै अफर 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १३:५६

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आगामी २६ मंसिरदेखि ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सञ्चालनमा ल्याउने भएको छ । सेल दराज ११.११ को व्यापक सफलता पछि वर्षको अन्तिम अभियान-दराज १२.१२ दराज घोषणा गरेको छ ।

यो ग्राण्ड इयर एन्ड सेल देशभरका ग्राहकहरूलाई आफूले मनपर्ने उत्पादनहरूमा छुट र अफरहरू प्राप्त गर्ने अर्को अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १२.१२ एक बिक्री-सञ्चालित अभियान मात्र नभई देशभरका ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीको लागि धन्यवाद दिने दराजको तरिका हो।

अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, ७ हजार रुपैयाँसम्मको मेगा भाउचर, रु. १२१२ सम्मको प्रिपेमेन्ट छुट, २.७ लाख रुपैयाँको ग्राण्ड एमआई ह्याम्पर गिभवे समावेश रहेको कम्पनीले बताएको छ ।

बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत १२ प्रतिशत (अधिकतम १२१२ रुपैयाँ) र डेबिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम १ हजार रुपैयाँ) सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

एभरेष्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक र कामना सेवा बैंकका ग्राहकहरूले माथि उल्लेखित छुटहरू प्राप्त गर्न सक्नेछन् । त्यस्तै, ग्राहकले आफ्नो आईएमई वालेट मार्फत भुक्तानी गरेमा १२ प्रतिशत अधिकतम रु.३३३ को थप छुट पाउने छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा उत्कृष्ट छुट

दराज १२.१२ मा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादनमा विशेष डिल र छुटहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशतसम्मको छुट प्राप्त गर्ने कम्पनीले बताएको छ ।

अभियानका लागि डायमण्ड पार्ट्नर्समा बाल्ट्रा, वाओ, स्काईवर्थ र प्यानसनिक छन् भने गोल्ड पार्ट्नर्सहरूमा मामाअर्थ, फ्याँकैरा र जिन्सवेस्ट रहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै १२.१२ मा पनि धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ । जहाँ ग्राहकहरूले मात्र रु १ मा हजारौं मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउँछन् ।

ग्राहकहरूले केवल १ रुपैयाँमा स्काईवर्थ वासिङ मेसिन, हुण्डाई नन-डिजिटल वाटर हिटर, रेडमी ए१ र बोन हलिडेज ३ दिनको पोखरा टुरका लागि पुरस्कारहरु प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?